पोखरा म्याराथनको उपाधि केन्याली धावक विल्सनलाई

पोखरा ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं सँस्करणको उपाधि केन्याली धावक विल्सन चेरुईयोटले जितेका छन् । उनले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे ।
२ सेकेन्डले पछि परेका केन्या कै धावक दोस्रो स्थानमा केन्याली धावक जुलियस मुरियुकीले २ घण्टा १७ मिनेट २३ सेकेण्डमा दौड पूरा गरे । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा पनि केन्या कै ओनेसमस गिटायु आए । उनले उक्त दुरी २ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । नेपालका किरणसिंह बोगटीलेले २ घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले यो वर्षदेखि उक्त विधामा गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको थियो । म्याराथनमा निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशमा पहिलो, रिखुलाल सिंजालीमगर प्रदेश दोस्रो र दिनेश सिंह बोगटी तृतिय बने । उनीहरु क्रममा पोखरा म्याराथनमा पाचौं, छैटौं र सातौं स्थानमा आएका थिए ।
हाफ म्याराथन पुरुषतर्फ सन्तोषविक्रम बिष्टले पहिलो बने । उनले निर्धारित २१.०९७ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ७ सकेण्डमा पुरा गरे । गजेन्द्र राई दोस्रो र इमानियोल किप्टारबेई तेस्रो भए । यही बिधामा महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा २० मिनेट ३ सकेण्डमा पुरा गर्दै प्रथम बनीन् । स्यारोन जनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो भएकी थिइन् ।
पोखरा रंगशालाबाट बिहान सुरु भएको म्याराथनको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुभारम्भ गरेका थिए । दर्ता भएका ३ हजार भन्दा बढि र रन फर फनमा गरी १० हजार भन्दा बढिले दौडमा सहभागिता जनाएका थिए ।
रंगशालाबाट सुरु भएको दौड पोखरा महानगरका विभिन्न भाग परिक्रमा गरी पोखरा ६ लेकसाइडस्थित हल्लनचोकमा पुगेर पुरस्कार वितरण गरी समापन गरिएको थियो ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया