त्रिवेणी इन्टरनेसनल कलेजमा स्पोर्टस् मिट

लेखनाथ । त्रिवेणी इन्टरनेसनल कलेज पोखरा २७ मा शुक्रबारदेखि स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् ।
स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरीले विद्यार्थीको शैक्षिक गुणस्तर सहित अन्य क्षेत्रमा भएको प्रतिभा मापनका लागि खेल आवश्यक रहेको बताए ।
अध्ययनले ज्ञान र बौद्धिक क्षमता बृद्धि भए जस्तै खेलले विद्यार्थीहरुका विचमा रहेको फरक विधा र क्षमताको पहिचान हुने उल्लेख गरे ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले त्रिवेणीमा अध्ययन गरेका विद्यार्थी रोजगारको जुनसुकै क्षेत्रमा पनि अब्बल बन्ने गरी तयारी गर्न आग्रह गरे ।
अध्यक्ष भट्टराईले योगले स्मरणशक्तिमा बृद्धि गराउन सहयोग पुर्याए जस्तै खेलले शारिरिक स्वस्थता र स्फुर्ती प्रदान गर्ने उल्लेख गरे ।
सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले वार्षिक तालिका अनुसार आयोजना गरिएको स्पोर्टस् मिटमा कलेजका ५ सय विद्यार्थीहरुले सहभागिता जनाउने बताए ।
कार्यक्रममा संचारकर्मी नवराज सापकोटा, प्राध्यापक जीवन भण्डारी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिनमोहन भट्टराई लगायतले स्पोर्टस् मिटका बारेमा बोलेका थिए ।
स्पोर्टस् मिटमा महिला तथा पुरुष एकसय मिटर दौड, भलिबल, सटफुट, बलथ्रु सहितका १४ खेलमा स्पर्धा गराईने सहायक क्याम्पस प्रमुख पौडेलले बताए ।
व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तहका छ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने स्पोर्टस् मिट फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।








अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया