गण्डकी साइक्लिङ संघ अध्यक्षमा अशोक चालिसे

पोखरा । गण्डकी प्रदेशमा साइक्लिङ खेलको विकास, एवं प्रवर्द्धनका लागि संघ गठन गरिएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन गर्न सम्पन्न भेलाबाट अशोक चालिसेको अध्यक्षतामा संघ गठन गरिएको हो । गठित तदर्थ समितिको उपाध्यक्षमा प्रमिला गुरूङ र भीमबहादुर सुनार छन् ।
महासचिवमा वामन चालिसे, सचिवमा अमिर थापा, कोषाध्यक्षमा रविश्वर आचार्य सर्वसम्मत चयन भएका छन् ।
संघको कार्यसमिति सदस्यमा पदमबहादुर घले, लक्ष्मण थापा, ध्रुवराज प्रधान र सौरभ पाठक चयन भएका छन् ।
प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकको अध्यक्षतामा भेला भएको हो । सो अवसरमा बोल्दै पाठकले संघको गठनले आसन्न दशौं राष्ट्रिय खेलकुदको तयारी संगै प्रदेशमा साइक्लिङ खेलको विकासका लागि योजनावद्ध रुपमा बढ्न सहज हुने बताए ।
त्यस्तै नवनिर्वाचित तदर्थ समितिका अध्यक्ष चालिसेले सबैलाई आभार व्यक्त गर्दै संघको अधिवेशन बोलाएर पूर्णता दिने बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया