भेट्रान्स ब्याडमिन्टन गर्दै लायन्स पोखरा अन्नपूर्ण

पोखरा । पोखरामा लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा लायन ग्याल्पो लामा स्मृति राष्ट्रिय भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा चैत १६ र १७ गते हुने प्रतियोगिताको तयारी तीव्र बनाइएको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी दिइएको छ ।
४५ वर्ष माथिको मेन्स डबल्स तथा ५५ वर्षमाथिको मेन्स डबल्स र महिला डबल्सका खेल हुने प्रतियोगिता संयोजक तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णलायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्मरसिंह गुरुङले जानकारी दिए । प्रतियोगितामा ७० भन्दा बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।
खेलाडीले चैत १४ गतेसम्म टिम दर्ता गराउन सक्ने छन् । प्रतियोगितामा पूर्व ब्याडमिन्टन खेलाडीको सहभागिता रहने संयोजक गुरुङले जानकारी दिए । मेन्स ४५ वर्षमाथिको डबल्सतर्फको विजेताले ५० हजारसहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने २ टिमले १५÷१५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
५५ वर्षमाथिको मेन्स डबल्सतर्फ पहिलो पुरस्कार ४० हजारका साथमा मेडल प्रमाण–पत्र, दोस्रो पुरस्कार २५ हजारका साथमा मेडल प्रमाण–पत्र तथा तेस्रो हुने दुई टिमका लागि नगद १० हजारका साथमा मेडल प्रमाण पत्रको व्यवस्था गरिएको छ । महिला डबल्सतर्फ पहिलो पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार दुई टिमलाई ८ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सचेत र सामूहिक सद्भाव अभिवृद्धि गराउने तथा खेलको माध्यमबाट भाइचारा, राष्ट्रिय एकता र शान्तिको सन्देश दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको प्रतियोगिता प्रचारप्रसार संयोजक दूधमान गुरुङले जानकारी दिए ।
प्रतियोगिता गर्न ७ लाख ५० हजार खर्च हुने हुने अनुमान छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले १९ वर्षदेखि स्वास्थ्यका लागि खेलकुद, सेवाका लागि स्वास्थ्य भन्ने नारासहित ब्याडमिन्टन प्रतियोगिताहरू गर्दै आएको संस्थाका अध्यक्ष गणेश छविले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया