भुजीकोट चिनाउन उकालो दौड

तनहुँ ।
तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
आयोक क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक खेम गुरुङले भुजीकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले १८ देखि ४५ वर्ष उमेर समूहमा महिला र पुरुष सहभागी हुने गरी खुला दौड प्रतियोगिता हुने जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका वडा न २ को पर्यटकीय क्षेत्र भुजीकोट, स्थानथोकसहित यहाँ रहेका पुराना सांस्कृतिक बस्ती, आदिवासी समुदायको संस्कृति, घरबास कार्यक्रम, ऐतिहासिक स्थल अवलोकन र दृश्यावलोकनमार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङ्गको विश्वास छ ।
क्लब अध्यक्ष अनिल खनालको अध्यक्षतामा भएको कार्यक्रममा दौडसहित गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । अध्यक्ष खनालले देशभरका २ सय जना धावक सहभागी गराउने बताए । उनले उत्कृष्ट २० जनासम्मलाई मेडलसहित सम्मान गर्ने उल्लेख गरे ।
कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले प्रतियोगितामा सहभागि भई विजेता हुने प्रथमसहित पाँचौसम्मका धावकलाई क्रमश ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२, ११ हजार १ सय ११, ५ हजार ५ सय ५५ र ३ हजार ३ सय ३३ नगदसहित सम्मान गरिने जानकारी दिए । कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरमा हुने जनाउँदै प्रवक्ता खनालले प्रतियोगिता गर्न तीन लाख लाग्ने अनुमान सुनाए ।
क्लबले यसअघि २०७५ मा पनि भुजीकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारी लगायतका विभिन्न कारणले रोकिएको प्रतियोगिता अब बर्सेनी आयोजना गर्ने क्लबले जनाएको छ । शुक्लागण्डकी नगरपालिका २ भुजीकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका सुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यवलोकन, राष्ट्रिय फूल लाँलीगुरास अवलोकनका साथै ग्रामीण परिवेश नियाल्न सकिन्छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया