पर्वतका कलाकारको तीजे भाका

समाधान संवाददाता २०८२ साउन १२ गते १२:०५

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतले तीज गीतको मौलिकताको जगेर्नाका लागि ‘माइतीको सम्झना’ नाम गीत सार्वजानिक गरेको छ । पोहोर तीजमा ‘काली पसम्ला’ तीजगीत सार्वजनिक गरेका पर्वतका कलाकाहरुले यस वर्ष संयुक्त रुपमा ‘माइतीको सम्झना’ सार्वजनिक गरेका हुन् ।


गीतमा पूजा कार्की शर्मा, सरस्वती लामिछाने, शोभा परियार, देवी परियार, सलिना गुरुङ र मञ्जु विक को आवाज सुन्न सकिन्छ । गीतमा कृष्ण कँडेलका शब्द छन् भने भने संगीत संयोजन सन्तोष सुवेदीले गरेका छन् । दिवस थापामगरको संयोजन तथा रेकर्डिङ र गोविन्द ओलीको मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रुपमा उच्च स्तरमा पुर्‍याएको छ ।


भिडियो पक्षमा पनि यस गीतलेसशक्त प्रस्तुति दिएको छ । कलाकार अर्जुन थापामगरको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा गायिकाहरु नै प्रस्तुत भएका छन् । कमल एलेक्सको क्यामेरा, सम्पादन तथा रङ संयोजनले भिडियोको सौन्दर्यलाई थप उचाइमा पुर्‍याएको छ । गीत ‘माइतीको सम्झना’ ले माइतीघरको सम्झना, महिला संवेदना र पारिवारिक सम्बन्धको कथा भावुक ढंगले प्रस्तुत गरेको छ ।

Advertisement


गीत एक समारोहबीच बिमोचन गरिएको छ । सामाजिक अभियन्ता एवं नेस्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाइले विमोचन गर्दै प्रतिष्ठान पर्वतले संस्थागत रुपमा गीतको संगीतको क्षेत्रमा गरेको कामको प्रशंसा गरे । स्थानीय कलाकार, स्थानीय स्रोतबाट सिर्जना भएको उक्त गीतले सम्पूर्णको मन जित्नेमा आशावादी रहेको जनाए ।


गीतलाई प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्ष चित्रसागर श्रेष्ठ, प्रतिष्ठान पर्वतका पूर्व अध्यक्ष दीपक गदाल, जिल्ला सांस्कृतिक संघ पर्वतका अध्यक्ष शिव पुरी, इनरह्वील पर्वतका अध्यक्ष सुजता वि पौडेल, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्माले शुभकामना दिए ।

Advertisement

तपाईको प्रतिक्रिया