तप्राङमा तीज मेला हुने

पोखरा ।
कास्कीको मादी गाउँपालिका–६ तप्राङमा तीज मेला हुने भएको छ । जुरेभूमि युवा क्लबको आयोजनामा आगामी भदौ ९ देखि ११ गतेसम्म गाउँकै महारुद्र माविको पुरानो खेल मैदानमा मेला हुने भएको हो ।
मेलाको अवसरमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, छेलो, रस्सी तान्ने, महिला कुर्सी खेल प्रतियोगिता हुने क्लबका अध्यक्ष गंगाधर बरालले बताए । ‘विविध आकर्षक र सहभागितामूलक कार्यक्रम समावेश गरिनेछ । कार्यक्रमले हाम्रो संस्कृतिको जगेर्ना, महिला सशक्तिकरण, खेलकुद प्रवद्र्धन तथा सामाजिक एकता सुदृढ गर्न सहयोग पुर्याउने विश्वास गरेका छौं,’ उनले भने ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार, द्वितीय हुनेले ४० हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी, र मेडल पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भलिबल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद र उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार पाउने अध्यक्ष बरालले बताए । प्रतियोगितामा सहभागीले प्रस्तुत गर्ने गीत मौलिक भाका, शब्द, सन्देश र सांस्कृतिक प्रस्तुति समेटिएको हुनुपर्नेछ । महिला समूह वा एकल गायन, नृत्य, अभिनय मिश्रित प्रस्तुति गर्न सकिने उनले बताए ।
छेलो प्रतियोगिता र रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला कुर्सी खेल प्रतियोगिताका सहभागीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । मेलामा खानाका परिकार र स्थानीय उत्पादन प्रदर्शनी स्टल, बालबालिकासँग सम्बन्धित खेलकुद गतिविधि पनि हुनेछ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया