सृष्टि र सिद्धार्थले जिते नृत्य संग्रामको उपाधि

पोखरा ।
नृत्य संग्रामको उपाधि सिनियरतर्फ सृष्टि गुरुङ र जुनियरतर्फ सिद्धार्थ विकले जितेका छन्। बिटुडी डान्स स्कुलको आयोजनामा शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा भएको ग्राण्ड फिनालेमा उनीहरू विजेता घोषित भएका हुन्।
सिनियरतर्फ सपुन सर्मल द्वितीय, निकिसा चौधरी तृतीय, अस्मिन पोखरेल चौथो र जेनी सेन्चुरी पाँचौँ भए। उपाधि विजेता गुरुङले नगद ७० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यस्तै, जुनियरतर्फ दिप्सीका गुरुङ द्वितीय, आस्रिया केसी तृतीय, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डेले पाँचौँ स्थान हासिल गरे। विजेता विकले नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार पाए। कार्यक्रममा अमृत सुनारले ‘बेस्ट कोरियोग्राफर’को अवार्ड जिते।
प्रतियोगिताको निर्णायकमा भारतीय चर्चित डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर सिजन–३’ का विजेता समर्पण लामा, ‘हिप हप इन्डिया’ का डान्सर नोर्बु तामाङ र बिटुडी ड्रेस सेन्टरकी सञ्चालक स्मृति गुरुङ तामाङ रहेका थिए।
आयोजकका अनुसार प्रतियोगिताको प्रि–अडिसन राउन्डमा एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए। विभिन्न चरण पार गर्दै ग्राण्ड फिनालेमा सिनियरतर्फ १२ र जुनियरतर्फ २० जनाले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गरेका थिए।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया