समता काव्य सन्ध्यामा जेनजी आन्दोलनको पीडा र प्रतिरोध

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गर्ने मासिक काव्य शृङ्खलाको २८५ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।
परिवारकी अध्यक्ष रीता अधिकारी ‘रितु’को अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टाहरूले हालै सम्पन्न जेनजी आन्दोलनले ल्याएको नयाँ सन्देश र सोही क्रममा भएको राष्ट्रिय सम्पदाको विनाशले दिएको पीडा कवितामार्फत प्रस्तुत गरे । कार्यक्रममा कविता, मुक्तक, गीत र गजल वाचन गरियो ।
साहित्यकार सरुभक्तले जेनजी आन्दोलनलाई ऐतिहासिक क्षणका रूपमा व्याख्या गर्दै आन्दोलनले राजनीतिक नेतृत्वलाई शिक्षा त दिएको भए पनि राष्ट्रिय सम्पदाको विनाशले आफूलाई गहिरो पीडा दिएको अनुभव सुनाए । उनले भने, ‘आँखै अगाडि यत्रो विनाश हुँदा पनि टुलुटुल हेरेर बस्नुपर्दाको पीडा असह्य हुन्छ । अब साहित्यकारहरूले सिर्जनामार्फत राष्ट्र पुनःनिर्माणको सन्देश दिनुपर्छ ।’
उनले सुनाए
के अनुहार देखाउनु समस्याका डोजरले किचिएको छु
देशका साँध र सिमानाझैँ चौतर्फीबाट मिचिएको छु
सानो धर्तीको सानो मान्छे भनेर कहाँ उम्किन पाइयो र
आफ्नै मन, शरीर, समाज, देश र विश्वव्यथाले थिचिएको छु ।
शृङ्खलामा साहित्यकार दीपक समीप, लक्ष्मण थापा, भूमिराज बस्ताकोटी, रेशम गिरी, जमुना कायस्थ, गायत्री पराजुली, मुनाल गोदार, वसन्त चालिसे, मिलन गिरी, प्राडा नवराज न्यौपाने, सुरज पौडेल, ढाकामोहन बराल, प्राडा चैतन्य अधिकारी, प्रदीप खनाल, शीतल गिरी, निकेश गिरीलगायतले आफ्ना रचना प्रस्तुत गरे । सहभागी अधिकांशले जेनजी आन्दोलनका कारण र परिणामबारे रचना वाचन गर्दै आन्दोलनका माग पूरा गर्न खबरदारी गर्नुपर्ने आवाज पनि उठाए ।
साहित्य संयोजक केशु शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गरे । परिवारले विसं २०५० सालदेखि प्रत्येक महिनाको पहिलो शनिबार ‘समता काव्य सन्ध्या’ नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया