पोखरा महोत्सव पुस २९ देखि माघ ११ सम्म हुने

पोखरा ।
युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुसको २९ देखि माघको ११ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारणसभाले १४ औं संस्करणको पोखरा महोत्सवको मिति तोकेको हो ।
सभामा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिँदै आएको र यसलाई राष्ट्रिय स्तरको क्लब बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले आगामी दिनमा शिक्षा क्षेत्रलाई अगाडि बढाउन आग्रह गरे ।
साधारण सभाले क्लबका अध्यक्ष लोकबहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा क्लबका परिकल्पनाकार आनन्द थापा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना र महासचिव दिनेश सुनारले पनि बोलेका थिए ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया