आगजनीमा संलग्नलाई कारवाही माग
पोखरा ।
मानवअधिकार संरक्षण मञ्च (मासम) नेपालले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारलाई मुलुकमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।
मासमले राज्य विरुद्धका अपराध भ्रष्टाचार, मानव वेचविखन, सुन तस्करी लगायतका अपराधमा संलग्न गिरोहका मतियार, हत्याहिंसा, तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर दण्डित गर्न माग गरेको छ ।
मासमको चौथो पूर्ण बैठकपछि जारी प्रेस विज्ञप्तिमा देशमा तोकिएको समय फागुन २१ गते आम निर्वाचनका लागि भयरहित शान्तिपूर्ण वातवरण निर्माण गर्नसमेत सरकारसँग जोडदार माग गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र हिंसारहित बनाउन निर्वाचन आयोग, सुरक्षा निकायलाई अनुरोध गरेको मञ्चका महासचिव डा श्रीकान्त खतिवडाले जानकारी दिए ।
साथै, मासमले राजनीतिक दलहरूलाई समेत आवश्यक संयम र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अपिल गरेको छ । ‘जेनजी पुस्ताको मागलाई यथोचित रुपमा सम्बोधन गर्नुपर्नेमा राज्यबाट अत्यधिक बल प्रयोगबाट गोली लागेर २२ जना प्रदर्शनकारीको निधन भएको घटना एवं संवेदनशील सरकारी कार्यलयहरु, नागरिकका निजी आवास तथा व्यवसायिक प्रतिष्ठानमाथि भएको व्यापक तोडफोड र आगजनीबाट मानव अधिकारको गम्भीर उल्लंघन भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गत भाद्र २४ गते भएको राज्यका संवेदनशील कार्यलयहरु सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका दर्जनौ सरकारी कार्यलयहरु एवं निजी आवासक्षेत्र र व्यवसायिक प्रतिष्ठान उपर भएको व्यापक तोडफोड र आगजनीबाट राज्यलाई नै तहस नहस पार्ने कार्य भएको छ ।’
सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग
विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिएको छ । नेपालले आफ्नो दीर्घकालीन मानव अधिकार संरक्षणको अभियानलाई अन्तर्राष्ट्रिय मञ्चमा उदाहरणीय रूपमा प्रस्तुत गर्नु आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा अन्तर्राष्ट्रिय रुपमा चलिरहेका नागरिक समाज एवं मानव अधिकारसँग सम्बन्धित आन्दोलनमा ऐक्यवद्धता जनाएर अन्तर्राष्ट्रिय मानवअधिकार परिषदमा नेपालको सक्रिय भूमिका सुदृढ गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा मानव अधिकारका लागि क्षेत्रीय सहकार्यद्वारा मानव तस्करी, साइबर अपराध र सिमापार अपराधिक गतिविधिमा नियन्त्रण एवं पीडित व्यक्तिहरुको संरक्षण गर्न दक्षिण एसियाली राष्ट्रहरुबीच संयुक्त कार्यदल गठन गरी आवाश्यक संयन्त्र निर्माणका लागि पहल गर्न माग गरिएको छ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा, मासमले जलवायु न्याय, वातावरणीय अधिकार, मानव तस्करी र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया