कात्तिके मासमहात्म्य हुने

समाधान संवाददाता २०८२ कार्तिक १२ गते १५:३०

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को सक्नेरीमा रहेको लोक सांस्कृति संरक्षण समिति र उज्ज्वल आमा समूहको संयुक्त आयोजनामा कार्तिके मासमहात्मा हुने भएको छ ।


हरिवोधनी एकादशीको अवसर पारी धर्म र संस्कृति प्रवर्धन गर्न कात्तिक १३ देखि १८ गतेसम्म विष्णु पुराण तथा ज्ञान महात्म्य हुने लोक सांस्कृतिक संरक्षण समिति अध्यक्ष जगननाथ तिमिल्सेनाले जानकारी दिए । शिद्धेश्वर दामोदर महोत्सवमा पण्डित गिरिराज पौडलले संगीतमय प्रवचन दिने छन् ।


कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमिति गठन गरिएको उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया