
जोमसोम ।
झन्डै नौ सय वर्ष पुरानो मुस्ताङको घरपझोङ—३ स्याङ स्थित ‘घैलुङ’ गुफा ओझेलमा परेको छ । प्राचिन कालमा लामाहरुले ध्यान गरेर बस्ने यो गुफा आवश्यक प्रचार/प्रसार हुन नसक्दा ओझेलमा परेकाे छ ।
मुस्ताङ सदरमुकाम जोमसोम र स्याङ गाउँ नजिकै स्याङ खोलाको अग्लो पहाडमा अवस्थित घैलुङ गुफामा लामाहरुले ध्यान साधना गर्ने गरेको स्याङ गाउँकी पूर्वआमा समुहकी अध्यक्ष सनदेवी थकालीले जानकारी दिए । पछिल्लो सयम यहाँको घैलुङ गुफामा लामाहरुले ध्यान गर्ने प्रचलन हराउँदै जान थालेको समुहका पूर्व अध्यक्ष थकालीले उल्लेख गरे ।
‘यहाँ पहिलो लामाहरुले ध्यान (छम) बस्ने चलन थियो, दुई वर्षअघि पनि सिक्किमबाट लामाहरु आएर ध्यान गरेर गएका थिए,’समुहका पूर्व अध्यक्ष थकालीले थपे,‘ अचेल त स्याङ गाउँ भित्रकै आनी गुम्बामा ध्यान गर्न थालेपछि घैलुङ गुफा गुमनाम बनेको छ ।’
यहाँको घैलुङ गुफा स्याङ खोलाको पक्की पुल नजिकैबाट पञ्चिमतर्फ बगरै बगर पैदल यात्रा गरेर २५ मिनेट पुग्न सकिन्छ । तर सदरमुकाम नजिकै भएरपनि यहाँको गुफालाई पर्यटन प्रर्वद्धन गर्न नसक्दा घैलुङ गुफा ओझेलमा परेको समुहका पूर्व अध्यक्ष थकालीको भनाइ छ । मुस्ताङमा बर्सेनि ८ लाख बढी पर्यटक भित्रिदा स्याङ गाउँ नजिकै रहेको घैलुङ गुफा ओझेलमा परेको पूर्व अध्यक्ष थकालीको भनाइ छ ।
परापूर्व कालमा यहाँका बुद्धिस लामाहरुले बौद्ध शिक्षा हासिल गर्न गुफा र ओढारमा कसैले नदेख्ने गरी २/३ वर्षसम्म ध्यान गरेर बस्ने गथ्र्ये । यसकार्यलाई स्थानीय भाषामा (छम) बस्ने भन्ने गरिएको छ । यहाँको घैलुङ गुफामा तीन वटा कोठाहरु छन् । लामाहरुले ध्यान गर्दा आवश्यक पर्ने पुजा कोठा, भान्छा कोठार र पकाएर खाने किचन कोठा रहेको समुहका पूर्व अध्यक्ष थकालीले बताए । गुफामा अझै पनि पुजाका सामग्री र पकाएर खाने सामानहरु रहेका छन् । गुफाको पुजाका कोठाहरुमा लुङ्ताहरु झुन्ड्याएका छन् ।
घरपझोङ—३ स्याङ गाउँको अधिनमा रहेको यहाँको घैलुङ गुफाको संरक्षण स्थानीय जनकल्याण युवाक्लव, गाउँ र आमा समुह लगायतले रेखदेख गर्ने गरिएको छ । गुफाको बाहिरी परिसरमा रातो माटोले रङ्ग्याईएर आकर्षक तुल्याएको छ । पछिल्लो समय स्याङ गुफा तलको खोलाको डिलबाट गुफासम्म रेलिङसहितको सिंढी बाटो समेत निर्माण गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया