५४ युनिट रगत संकलन

समाधान संवाददाता २०८२ कार्तिक २२ गते १६:३०

पोखरा ।
पोखरेली ट्याक्सी सेवा प्रालिमा आबद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रले शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । विमानस्थल प्रांगणमा भएको कार्यक्रममा ५४ युनिट रगत संकलन भएको केन्द्रका सचिव जीत परियारले जानकारी दिए ।


विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले पहिलो रक्तदाता ख्याम थापालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले विमानस्थलको ट्याक्सी सेवा केन्द्रले पोखरा आसपासको क्षेत्रमा रगत अभाव भएको अवस्थामा रक्तदान जस्तो मानवीय काम गरेको बताए । उनले केन्द्रले सदस्यको हक हितको अलवामा संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गरेको उल्लेख गरे ।


कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रका अध्यक्ष केन्द्रबहादुर केसी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया