३२ पिन्ट रगत संकलन

समाधान संवाददाता २०८२ कार्तिक २३ गते १२:१५

पोखरा ।
पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारीको आयोजना तथा हाइकर्स क्लब नेपालको सहआयोजनामा शनिबार रक्तदान आयोजना भएको छ।


कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ । गण्डकी मेडिकल कलेजका एसोसियट प्रोफेसर डा हरिबहादुर केसीले पहिलो रक्तदाता पर्यटन व्यवसायी नितिन शेरचनलाई सहभागिताको प्रमाणपत्र प्रदान गरी कार्यक्रम सुरु गरे ।


उनले रक्तदान गर्नुलाई सागको वोटबाट एक पात टिप्नुसँग दाज्दै योग्य व्यक्तिले नियमित रगत दान गर्नुपर्ने विचार राखे । संगम साकोसका सल्लाहकार संयोजक निरज थापाले संगमले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्य बहन गर्दै विभिन्न संघ, संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको उल्लेख गरे ।

Advertisement


हाइकर्स क्लब नेपाल अध्यक्ष कृष्ण रानाभाटले सहकारीसँग मिलेर सामाजिक दायित्व निर्वाह गर्नु पाउनु सुखद् पक्ष भएको जनाए ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका द्वितीय उपाध्यक्ष सागर कार्की, दरबारथोक टोल विकास संस्थाका अध्यक्ष मिलन केसी, चण्डिका आमा समूहकी अध्यक्ष विना श्रेष्ठ, सहकारीका लेखा संयोजक भोविन्द्र गिरी, कार्यक्रम संयोजक तीलक थापा, सचिव मधु अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रम संगम साकोस अध्यक्ष नबराज तिवारीको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया