पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ

समाधान संवाददाता २०८२ कार्तिक २४ गते १६:४०

पोखरा ।
जेन–जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखरा महानगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर भई हाल सोही ठाउँ बस्ने २३ वर्षीय दीपक राना मगर छन् । उनीहरुलाई प्रहरीले उनीहरुकै घरकोठाबाट चोरीका सामानसहित पक्राउ गरेको हो ।


कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार २०८२ साउन २४ गते जेन–जी आन्दोलनका क्रममा कास्की जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु र व्यक्तिगत घर पसलहरुमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । प्रहरीले ती घटनामा संलग्न व्यक्तिहरुको पहिचान र अनुसन्धान गर्दै जाँदा दिपक कुँवर र दिपक राना मगरलाई पक्राउ गरेको हो ।


प्रहरी टोलीले खोजतलास र अनुसन्धानको क्रममा कात्तिक २१ गते उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको कोठाबाट विभिन्न चोरीका सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया