चेतन कार्कीको सम्झना

पोखरा ।
हिमाली सांस्कृतिक परिवार पोखराले चलचित्र निर्देशक, साहित्यकार एवं संस्कृतिकर्मी चेतन कार्कीको ८८ औं जन्म जयन्ती मनाएको छ । प्रमुख संरक्षक कार्कीको जन्म जयन्ती समारोह २०८२ सँगै परिवारका मनोनित सल्लाहकारलाई सम्मानसमेत गरिएको हो ।
कार्यक्रममा सहरा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा र वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । परिवारका संरक्षक नरबहादुर शेरचनले कला, संस्कृति र चलचित्र निर्माण कार्कीको योगदान वर्णन गर्न नसकिने रहेको बताए । उनले कार्कीको पहलमा परिवारको स्थापनामा भएको जानकारी दिए ।
पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ले नेपालको मौलिक लोक नृत्यको संरक्षण र विकासमा परिवारको योगदान रहेको बताए । परिवारका अध्यक्ष थापाले नौमती बाजा, लोक तथा कौरा नृत्यको संरक्षणमा संस्थाले ध्यान दिएको जनाए । उनले सबै कलाकारले विना पारिश्रमिक परिवारको लागि योगदान पुर्याएको बताए ।
सहारा क्लब पोखराका अध्यक्ष थापाले परिवार क्लबको उन्नति र प्रगतिका लागि साझेदार संस्था भएको उल्लेख गरे । ‘नेपाली लोक संस्कृति बचाऔं’ भन्ने नाराका साथ भएको कार्यक्रममा परिवारका परिवारका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव डविन गुरुङ मानार्थ सदस्य टीकाबहादुर कार्की, सल्लाहकार दीपेन्द्र श्रेष्ठ लगायतले लोक संस्कृतिको जगेर्ना गर्नुपर्ने विचार राखे ।
हिमाली साँस्कुतिक परिवारले पोखरा महानगरपालिका प्रथम अन्तर वडास्तरीय एकल लोक नृत्य प्रतियोगिता २०८१को आयोजना गरेको छ ।







चेतन कार्कीको सम्झना
सम्पादकीय—पुस्तान्तरणसँगै रुपान्तरण
सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया