ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि

पोखरा । पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता फिसटेल रेस २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् ।
‘हिमालमुनि तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुषतर्फ नेपाली धावक सुमन कुलुङले ३ घन्टा ४७ मिनेट १८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । महिलातर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घन्टा २८ मिनेट ५८ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गदै विजेता बनिन् ।
पुरुषतर्फ नेपालका मिलन कुलुङ द्वितीय, लोकेन्द्र राइ तृतीय, नेपालका विजय रानामगर र बेलायतका फिन नर्वुड सान्त्वना भए । महिलातर्फ अनिता राई द्वितीय, सोफी मेरी स्टेनजेर (नर्वे) तृतीय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) सान्त्वना भए ।
पोखरा–१७ डेभिज फलबाट सुरु भएको म्याराथन विश्व शान्ति स्तूप, भुम्दी, ठूलाखेत, कास्कीकोटबाट मेथलङ हुँदै खहरेमा पुगेर समाप्त भएको थियो । हाफ म्याराथनमा पुरुषतर्फ नेपालका विशाल राई प्रथम भए । उनले २ घन्टा ११ मिनेट १० सेकेन्डमा दुरी पार गरे । नेपालकै ऋतुराग रोकाय दोस्रो हुँदा अस्ट्रेलियाका ओलिभर रैली तृतीय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो सान्त्वना भए ।
हाफ म्याराथनमा महिलातर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम भइन् । उनले उक्त दुरी २ घन्टा ४३ मिनेट ३७ सेकेन्डमा पार गरिन् । न्युजिल्यान्डकी फ्लोरेन्स रेनोल्ड्स दोस्रो, नेपालकी नितु तामाङ तेस्रो, डेनमार्ककी फ्रेया थोरुप र ब्राजिलकी मारिलिया बोर्जेस सान्त्वना भए ।
पुरुषतर्फको ५ किलोमिटर दौडमा पाँचै जना नेपाली धावकले जित हात पारे । नेपालका विष्णु लिम्बु प्रथम, अनुप गुरुङ द्वितीय, श्रीजना मोक्तान तामाङ तृतीय, नव्या राई र समीर गुरुङ सान्त्वना भए ।
महिला तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम भइन् । उनले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गरिन् । ग्रीसकी भासो थियाकोडिभित्री द्वितीय, ब्राजितकी आना रामोस तृतीय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड सान्त्वना भए ।
फिसटेल रेसका परिकल्पनाकार जगन्नाथ तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उतकृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको बताए । तिमिल्सिनाले सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जितेका थिए । प्रतियोगितामा २७ देशका धावक सहभागी थिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया