चन्द्र खत्रीको सांगीतिक कोसेली ‘दिलको घाउ’

समाधान संवाददाता, पोखरा
चाडबाड आउँदा आफ्ना परिवारजन र इष्टमित्रको स्वाभाविक सम्झना आउँछ । सबै परिवार मिलेर साथै नजिकै आएको दसैं मनाउन पाए नि हुन्थ्यो भन्ने तिर्सनाले सताउँछ ।
चन्द्र खत्रीले खिपेको शब्द लयमा कालिका रोकाको स्वरले आफ्ना दर्शकस्रोतालाई पुनः एकपटक भावुक बनाएको छ । मायालुको यादले हुरुक्कै बनाएको भाव गीतमा चन्द्रले प्रस्तुत गरेका छन् ।
चर्कियो दिलको घाउ
धान पाक्यो झाटियो, कोदो पाक्यो काटियो
काफल पाक्यो भन्न लायो चरीले
हे मेरा पियारा छिटै घर आउ….
जापानमा बसेर पनि नेपाली गीत संगीतलाई माया गरिरहने चन्द्र खत्रीको नयाँ भाकालाई दर्शक स्रोताले हौसला थपिदिएका छन् । युट्युबमा उनको आफ्नै एकाउन्टबाट १ साताअघि रिलिज भएको उक्त गीतमा राम्रो भ्यू पाएको छ ।
साई भिजन प्रालिले बजारमा ल्याएको गीतलाई छम खत्रीले प्रस्तुति दिएका छन् । एरेन्ज, सिनेम्याटोग्राफीदेखि छायांकनसम्मको उत्कृष्टता भिडियोमा देख्न सकिन्छ । गीतमा सारिका केसी र गोर्ख खत्रीले अभिनय गरेका छन् ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया