कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता
सांग्रिला र कास्की क्रिकेट विजयी

पोखरा । कास्की क्रिकेट क्लबले अर्जुन कुमालको अविजित ९४ रनको योगदानमा अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरण्यज्योतिले चौथो नम्बरमा आएका प्रविन पौडेलले अविजित शतकीय पारीको योगदानमा १ सय ६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
१० चौका र ८ छक्काको सहयोगमा ५२ बल खेलेका पौडेलले १ सय ५ रनको शतकीय पारी खेले । उनको शतक हारले ओझेलमा पार्यो । प्रिजन श्रेष्ठले २४ रन बनाए । नितेश गिरीले ४ ओभरमा ३ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए । विश्वास पराजुलीले ४ ओभरमा ३२ रन दिदैं २ विकेट आफनो नाममा लेखाए ।
१ सय ६४ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लबले अर्जुन कुमालको उत्कृष्ट ब्याटिङ फेरी एक पटक पोखरा क्रिकेट मैदानमा देखियो । उनले ९४ रन नटआउट खेले । सफल श्रेष्ठले २४, विष्णुप्रसाद शर्मा १६ रन बनाए भने विश्वास पराजुली १२ रनमा नटआउट रहे । खेलमा अर्जुन प्लयेर अफ दि म्याच घोषित भए । उनले प्राप्त गरेको ट्रफी अरण्यज्योतिका शतक पूरा गरेको पौडेललाई हस्तान्तरण गरे ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिताको मंगलबारको दोस्रो खेलमा सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पोखराले सुवास भण्डारीको अर्धशतक मद्दतमा १ सय ४४ रनको योगफल तयार पार्यो । रोशन पौडेलले ओपनिङ गर्दै २८ रन बनाए । अर्का ओपनर ईशान श्रेष्ठले १४ रन बनाए । चौथो नम्बरका सुवास भण्डारीले ६२ रन बनाउने क्रममा ४९ बल खेल्दै ८ चौका र १ छक्का ब्याटबाट निस्कियो ।
सुदीप पौडेलको अविजित ६१ रनमा सांग्रिला क्रिकेट क्लबले १ सय ६४ रनको लक्ष्यलाई ८ विकेट क्षतिमा भट्टायो । ४५ बल खेल्ने क्रममा ४ चौका र २ छक्का उनको इनिङमा सामेल रह्यो । अरुण अधिकारीले २४ र आदर्श झाले १८ रनको योगदानमा जितको आधार तयार भयो । प्रेम गुरुङ, अनिष धामी र सुवास भण्डारीले समान २ विकेट लिए । खेलमा सुदीप प्लयेर अफ दि म्याच बने ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया