
पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप मंगलबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । २४ औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक साहारालाई क्लबलाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ ।
पुलिसका खेलाडी उज्ज्वल राईले ३७ औं मिनेटमा कर्नरबाट गरेको उत्कृष्ट गोल निर्णायक बन्यो । उज्ज्वलले सेकेन्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भएपछि सहारा प्रतियोगिताबाट बाहिरिएको हो । सुरुवाती समयबाट आक्रामक बनेको सहारा गोल व्यहोरपछि लयमा फर्कन सकेन ।
पहिलो हाफको ५ औं मिनेटमा सहाराका आर्नोल्डको पासलाई विलियम सेसेगननले सिक्स यार्ड बक्सबाट हानेको बललाई पुलिसका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पनि विफल भयो । २१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए ।
१७ औं मिनेटमा नेपाल पुलिसले त्यस्तै अवसर खेर फाल्यो । सुजन मगरले उनलाई उत्कृष्ट पासमा विवेक पाण्डेले नजिकैबाट प्रहार गरेको बल आकासियो । २४ औं मिनेटमा सहाराले अर्को अवसर गुमायो । सेसेगननको पासलाई सन्तबहादुर गुरुङको पावरसट क्रसबारमाथि बाट बाहिरियो ।
अब पुलिसले क्वार्टर फाइनलमा ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ । आज एपिएफ र मच्छिन्द्र फुटबल क्लबबिच खेल हुँदै छ
खेलको ३७ औं मिनेटमा नेपाल पुलिस क्लबले प्राप्त गरेका कर्नरलाई उज्ज्वल राईले सेकेन्ड बारबाट जाली चुमाए । दोस्रो हाफमा बराबरी गोलको खोजीमा रहेको सहाराले गतिलो प्रदर्शन गर्न सकेन । खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै रोके ।
खेलमा एकमात्र गोल गरेका पुलिसका खेलाडी उज्ज्वल राई म्यान अफ दि म्याच घोषित भए । पुलिसले क्वार्टर फाइनलमा २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ । बुधबारको खेल सशस्त्र प्रहरी बलको एपिएफ र मच्छिन्द्र फुटबल क्लबबिच हुनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका मेयर धनराज आचार्यले गरेका थिए । पोखराको ब्रान्डमा रुपमा स्थापित प्रतियोगितालाई पोखरा महानगर सदैव तयार रहेको उनले बताए । पोखरा पर्यटनको राजधानी भइसकेको अवस्थामा यी, यस्ता इभेन्टले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । आगामी वर्षदेखि पोखरासँग भगिनी सम्बन्ध भएका सहरबाट टिम ल्याउन पहल गर्ने उनले उल्लेख गरे ।
फागनु ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सूर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ ।
म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन ५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका छन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको उपप्रायोजक पोखरा महानगरपालिका वडा नं ९ र सह उपप्रायोजकमा चरक मेमोरियल हस्पिटल छन् ।
सहारा क्लबको आयोजना, हिमश्री फुड्सको मुख्य प्रायोजन, जयश्री फुड्सको सहप्रायोजन रहेको प्रतियोगितामा ३ विभागीय क्लब आर्मी, सशस्त्र र नेपाल पुलिस क्लबसहित मछिन्द्र क्लब,अपी पावर चर्च ब्वाईज युनाईटेड क्लब, विदेशी क्लब थन्डर नर्थ युनाईटेड क्लब सिक्किम, ब्रिगेड ब्वाईज क्लब युके, थ्रीस्टार, एनआरटी, संकटाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।
वर्ष उत्कृष्ट खेलाडीबाट सनिश सम्मानित
सहारा क्लब पोखराले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिश श्रेष्ठलाई सम्मान गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सहारा क्लब पोखराले यो वर्ष श्रेष्ठलाई सम्मान गरेको हो ।
उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेका हुन् । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई यो वर्ष सनिसलाई सम्मान गर्ने निर्णय गरेको थियो ।
उक्त पुरस्कार वापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन् । तनहुँको पुर्कोटका सनिश विगत ७ वर्षदेखि फुटबलमा आवद्ध छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि १ जना राष्ट्रिय स्तरका फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ ।
यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया