जानकी मावि वडाध्यक्ष कपको सेमिफाइनलमा

समाधान संवाददाता २०८१ माघ २३ गते २०:४६

पोखरा । पोखरामा जारी चौथो सस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ अर्न्तगत बुधबार २ खेल सम्पन्न भएका छन् । ड्याम साइड क्लबको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा बुधबार भएकोे खेलमा पोखरा स्पाइरल ग्यालेक्सी र जानकी मावि विजयी भएका छन् ।

Advertisement

बुधबारको खेलमा पोखरा स्पाइरलले ओम एकेडेमीलाई १—० का गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । पोखरा स्पाइरलको जितमा अनिल खाँडले एक गोल गरे । खेलमा पोखरा स्पाइरलका सृजन थापा क्षत्री म्यान अफ दी म्याच घोषित भए ।

अर्को खेलमा जानकी माविले शिशु निकेतन इङलिस स्कुललाई २—१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । जानकीको जितमा म्यान अफ दी म्याच घोषित अभिशेक मल्लले २ गोलको योगदान दिए । शिशु निकेतनका रोशन गुरुङले एक गोल गरे ।

बिहीबार ३ वटा क्वाटरफाइनलका खेलहरु हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । बिहीबार ८ः३० बजे हिमालयन बोर्डिङ स्कुल र शान्ति निकुञ्ज बोर्डिङ स्कुलबिच पहिलो खेल हुने भएको छ भने दोस्रो खेल ढुंगेसाघु बोर्डिङ स्कुल र फिस्टेल एकेडमीबिच बिहान ९ः३० बजे हुने भएको छ । अर्को खेल भने दिउँसो १ः०० बजे एल पी देवकोटा बोर्डिङ स्कुल र पोखरा स्पाइरल ग्यालेक्सी बिच हुने भएको क्लबले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सञ्चालन भएकोे प्रतियोगितामा माघ २६ गतेसम्म सञ् चालन हुने क्लबका अध्यक्ष रमेशप्रसाद बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया