जानकी मावि र एलपी.देवकोटा तथा ढुंगेसाँघु र हिमालयन बोर्डिङबीच वडाध्यक्ष कपमा सेमिफाइनलका खेल हुने

समाधान संवाददाता २०८१ माघ २५ गते ५:१५

पोखरा । पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ अन्र्तगत शुक्रबार सेमिफाइनलका खेल हुने भएका छन् । पोखराको ड्याम साइड क्लबको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शुक्रबार बिहान ८ः३० बजे पहिलो खेल जानकी मावि र एल.पी. देवकोटा स्कुल बिच हुने भएको क्लबका अध्यक्ष रमेशप्रसाद बरालले बताए ।

Advertisement

त्यसै गरी शुक्रबार ढुंगेसाँघु बोर्डिङ स्कुल र हिमालयन बोर्डिङ स्कुल बिच बिहान ९ः३० बजे दोश्रो सेमिफाइनलको खेल हुनेभएको छ ।

बिहीबारको खेलमा गत बर्षको बिजेता शान्ति निकुन्ज बोर्डिङ स्कुललाई १—० को गोल अन्तरले पराजित गर्दै हिमालयन बोर्डिङ स्कुलले सेमिफाइनलमा यात्रा बनाएको हो । हिमालयको जितमा म्यान अफ दी म्याच घोषित रितेस आलेले निर्णायक एक गोल गरे ।

बिहीबार भएको दोश्रो खेलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले फिस्टेल एकेडेमीलाई ३—१ को गोल अन्तरले पराजित गर्यो । ढुंगेसाँघुको जितमा अंकित गुरुङ, रोहन राना र म्यान अफ दी म्याच घोषित सुवास वि.के.ले समान एक÷एक गोलको योगदान दिदा फिस्टेलका विश्वास रानाभाटले भने शान्त्वना एक गोल गरे ।

अन्तिम क्वाटरफाइनल खेलमा एलपी देवकोटाले पोखरा स्पाइरल ग्यालेक्सी एकेडेमीलाई टाईब्रेकरमा ४—३ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमैमा दुबै तर्फ २/२ गोल भएको थियो । टाईबे्रकरमा पोखरा स्पाईरल ग्यालेक्सीका पूर्ण बहादुर थापा र लक्ष्य शाहको गोल गर्न चुके ।

Advertisement

पोखरा स्पाईरलका प्रिजन थापा क्षेत्री, गेजराज कार्की, सुगम क्षेत्रीले टाईब्रेरमा गोल गरे । एल.पी. देवकोटाका सौरभ मगरले टाईब्रेरमा पेनाल्टी सुट मार्फत गोल गर्न चुक्दा अनुप अधिकारी, सोनिल रानामगर, मिलन थारु र सागर मगरले गोल गरे । निर्धारित समयमा एल.पी.देवकोटका सौरव मगरले २ गोल गरे भने खेलमा म्यान अफ दी म्याचको ट्रफी समेत हात पारे । पोखरा स्पाइरलका प्रिजन थापा क्षेत्री र अपिल खाँडले एक/एक गोल गरेका थिए ।

कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष राधिकाकुमारी शाही, एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जित, उपाध्यक्ष नरजंग गुरुङ, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक विक्रम गुरुङ, वडा सदस्य तारा सेवा परियार, क्लवका निवर्तमान अध्यक्ष प्रताव गुरुङ लगायतको सहभागिता रहेको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगितामा यही माघ २६ गतेसम्म सञ्चालन हुनेभएको छ । यसैबिच एन्फा कास्कीले क्लवलाई ३ वटा फुटवल सहयोग हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया