वडाध्यक्ष कप फुटबल प्रतियोगिता : हिमालयन र एलपी देवकोटा फाइनलमा

पोखरा । पोखरामा जारी चौथो सस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ अन्र्तगत शनिबार उपाधिका लागि फाइनल खेलमा हिमालयन बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल स्कुलबिच प्रतिस्पर्धा हुने भएको छ ।
आज (शुक्रबार) भएको सेमिफाइनलमा जित हासिल गर्दै दुबै विद्यालयले उपाधिको लागि फाइनलमा यात्रा तय गरेका हुन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शनिबार फाइनल खेल मध्यान्हः १२ः०० बजेपछि हुने तयारी गरिएको क्लबका अध्यक्ष रमेशप्रसाद बरालले बताए ।
शुक्रबार भएको सेमिफाइनल खेलमा एलपी देवकोटा मेमोरियल स्कुलले जानकी माविलाई १—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा पक्का गरेको हो । एलपी देवकोटाको जितमा साजिन क्षेत्रीले एक निर्णायक गोल गरे । खेलमा एलपी देवकोटाकै प्रिन्स गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
अर्को खेलमा हिमालयन बोर्डिङ स्कुलले ढुंगेसाँघु बोर्डिङ स्कुललाई एकतर्फी ५—० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । हिमालयनको जितमा म्यान अफ दी म्याच घोषित संगम गुरुङ ह्याट्रिक गर्न सफल भए । ऋतेष आले र रिजन गुरुङले एक÷एक गोलको योगदान दिए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक विक्रम गुरुङले खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी हस्तान्तरण गरेका थिए । तेस्रो स्थानको लागि शनिबार ८ः३० बजे जानकी मावि र ढुंगेसाँघु बोर्डिङ स्कुलबिच खेल हुने भएको छ ।
त्यसपछि लगत्तै पोखरा १७ का जनप्रतिनिधिहरुसहितको टोलीसँग क्लबका सदस्यहरुबिच मैत्रीपूर्ण फुटबल खेल हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सञ्चालन भएकोे प्रतियोगिता शनिबार समापन हुने भएको हो ।
प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन् ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया