लेकसाइडमाथि कास्कीको फराकिलो जित

पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ । कास्की क्रिकेट लिग अन्तर्गत शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेको अरण्यज्योतिले प्रदीप पौडेलको ४४ रनको योगदानमा १ सय २७ रन बनायो ।
३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आशीष पौडेलले २६ रन बनाउन १८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे । प्रवीण पौडेलले भने २१ रनको योगदान दिए । अभिषेक थापा र प्रमोद बास्तोलाले समान २ विकेट लिए ।
१ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रेले सुमित श्रेष्ठको अविजित ३७ रनको योगदानमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । १७.१ ओभरमा लक्ष्य पूरा गरेको टिममा अभिषेक थापाले पनि ३६ रनमा अविजित रहँदै जित पक्का बनाए । अशेष न्यौपानले ओपनिङ गर्ने क्रममा २२ रन बनाएर पभेलियन फर्किए । मनोज कोइरालाको नाममा १६ रन स्कोर कार्डमा लेखियो । अभिषेक भुजेलले २ विकेट लिए । अभिषेक थापा खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की टी २० क्रिकेट लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कास्की क्रिकेट क्लबले आफनो जितलाई निरन्तरता दिने क्रममा लेकसाइड क्रिकेट क्लबमाथि १ सय १० रनको फराकिलो जित निकाल्यो । रोहित चन्दा र आदित्य थापाले पहिलो विकेटका लागि ६५ रनको साझेदारी निभाए । उत्कृष्ट सुरुवात दिलाएका चन्द र थापाले क्रमश ३६ रन र ५३ रन बनाए । थापाले अर्धशतक पूरा गर्ने क्रममा ४६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।
चौथो नम्बरमा आएका आयुष सैंजुले २८ बलमा ७२ रन बनाए । ६ चौका र ६ छक्का प्रहार गरेपछि कास्कीले २ सय २८ रनको विशाल योगफल तयार पार्यो । विश्वास पराजुलीले १४ बलमा ३९ रनमा अविजित रहे । उनले २ चौका र ४ छक्का प्रहार गरे । केवल ४ विकेटको क्षतिमा विशाल योगफल बनाउने क्रममा लेकसाईडका बलर निकै महंगा सावित भए । खेमबहादुर गुरुङ ३ ओभरमा ५४ रन खर्चिए । भोला यादवले ५० रन दिँदा हरिशंकर तिवारीले ४ ओभरमा ४० रन खर्चिए । प्रदीप पेलाले ३४ रन खर्चिएर ३ विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको लेकसाइड भने १ सय १८ रन बनाउने क्रममा २० ओभर पूरा खेल्यो । ओपनर रोशन चापागाँईले २८ रन बनाए । नेजामुद्धिन शेखले २५ र खेमबहादुर गुरुङले १३ रनमा अविजित रहँदा लेकसाइडले ७ विकेटको क्षतिमा १ सय १८ रनमात्रै बनाउन सक्यो । निरन्जन ठाकुरले ३ विकेट लिए । खेलमा आयुष सैंजू प्लयेर अफ दि म्याच घोषित भए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया