खेलकुद महोत्सव गर्दै सूर्य तारा

पोखरा । सूर्य तारा युवा क्लबको आयोजनामा दोस्रो सूर्य तारा खेलकुद महोत्सव २०८१ हुने भएको छ । लेखनाथलाई खेलकुद केन्द्रको रुपमा अघि बढाउन आयोजित महोत्सवमामा पुरूष फुटबलसहित विभिन्न ७ खेल हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
पोखरा २९ लेखनाथमा हुने महोत्सव फागुन २४ गते देखि चैत २ गते हुने क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए । महोत्सव उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने छन् । समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गर्ने उनले बताए ।
प्रतियोगितामा सुर्य तारा नेकोस कप फुटबल, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता र एथलेटिक्सका प्रतिस्पर्धा हुने छन् । विभिन्न जातिय संघ, संस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिनेछ ।
नेकोस फुटबलतर्फ १२ टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ का साथ ट्रफी, मेडल तथा प्रमाणत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत हुने हरेक प्रतिस्पर्धामा आकर्षक नगद पुरस्कारका साथमा ट्रफी र मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । महोत्सव अवधिभर १५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको महोत्सव गर्न करिब ८१ लाख खर्च हुने अध्यक्ष पुनले बताए । फुटबल खेल हेर्नका लागि पहिलो चरणमा नगद १ सय र सेमीफाइनल र फाइनलको टिकट २ सय तोकिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया