विद्यार्थीले हेरे एक चिहान

समाधान संवाददाता, पाेखरा
सेन्ट मेरिज मावि पोखरा १५ का प्लस २ मा अध्यनरत विद्यार्थीले सामूहिक रुपमा एक चिहान नाटक हेरेका छन् । प्लस २ को पाठ्यक्रममा समावेश भएको सामाजिक नाटक एक चिहान सेन्ट मेरिजका १ सय २५ विद्यार्थीले हेरेका हुन् ।
साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास एक चिहानलाई नाट्य रुपान्तरणसहित निर्देशन परिवर्तनले गरेका हुन् । पोखरा थिएटरमा भएको नाटक मञ्चनमा स्कुलका प्लस २ इन्चार्ज सिस्टर लेलिन सिजे र प्राइमरी इन्चार्ज सिस्टर कोटिल्डा सिजे लगायत पनि सहभागी थिए । विद्यार्थीलाई साहित्य, भाषा, संस्कृतिप्रति रुचि जगाउन र पाठ्यक्रममा भएकाले थप जानकारी दिए नाटक देखाइएको प्लस २ इन्चार्ज लेलिनले बताइन् । किताबमा नाटक पढ्नुभन्दा प्रत्यक्ष अभिनय निकै फरक र प्रभावकारी हुने भएकाले उनीहरुलाई नाटक मञ्चनमा सहभागी गराइएको शिक्षिक अनिषा बरालले बताइन् ।
पोखरा थियटरको यो ८ औं नाटक हो । नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदीप बास्तोला, अञ्जु दाहाल, सन्दीप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, ईश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटी लगायतले अभिनय गरेका छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया