मिलन नेवारको ‘राजै’ गीत सार्वजनिक

पोखरा ।
मिलन नेवारको ‘राजै’ गीत शुक्रबार युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् ।
भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजामगर, पवित्रा थापा र बिनु राना मगरको अभिनय छ । गीत राजकुमार बगरले लेखेका हुन् साथै संगीत पनि उनकै छ ।
थापाले गीतमा मौलिक संस्कृतिको भावनालाई समेट्ने प्रयास गरिएको बताए । मौलिकताबाट प्रेरित भएर नयाँ शैलीमा प्रस्तुत गरिएकाले सबैपुस्ताले मनपराउनेमा उनी विश्वत देखिए ।
अग्रज साहित्यकार सरु भक्तले गीतसंगीतका माध्यमबाट जातीय पहिचानका साथै संस्कृती संरक्षण र प्रवद्र्धन गर्न सकिने बताए । गीत मनोरञ्जनको साधन मात्र नभई मौलिक संस्कृति, परम्परालाई जोगाउन भूमिका खेल्ने उनको भनाइ छ ।
मिलन नेवार गीतका माध्यमबाट मगर समाजसँग नजिक हुने मौका पाएको बताइन् । उनले भ्युज र लाइकको पछि नलागी कालजयी गीत बनाउनतर्फ लाग्नुपर्ने बताइन् । ‘सुटिङको समयमा साच्चिकै रोधी बसे जस्तो अनुभव भएको थियो । गीत कमले सुनेपनि राम्रो प्रतिक्रिया पाउनु महत्वपुर्ण हो,’ नेवारले भनिन् ।
मगर संघ कास्कीका सचिव शिव थापाले मगर संस्कृतिलाई नेपालीकै संस्कृति ठानेर प्रबद्र्धन गर्नुपर्ने तर्क राखे । गीतमा लोक संस्कृतिको मौलिक र वर्तमान अवस्थालाई सन्तुलन कायम गरिएको उनको भनाइ छ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया