‘को हुँ म’ म्युजिक भिडियो सार्वजनिक

समाधान संवाददाता
पोखरा
नेपाल आइडल सिजन २ का उपविजेता बिक्रम बरालको सामाजिक सन्देशमूलक म्युजिक भिडियो ‘को हुँ म’ शनिबार सार्वजनिक गरिएको छ । गायक बरालले विद्या परियार ‘काले भाइ’ सँगको सहकार्यमा म्युजिक भिडियो तयार पारेका हुन् ।
गायक बरालले म्युजिक भिडियो धेरै कुराबाट पिरोलिएको व्यक्तिको संघर्ष र प्रेरणासँग जोडिएको बताए । नेपाल आइडलको उपविजेता भए पछिको निकालेको भिडियो आफ्नो लागि नौलो भएको उल्लेख गर्दै उनले परिवार, समाज, साथीभाइ र गरिबीको कारण निरास भएको व्यक्तिलाई भिडियोले उत्साही बन्न प्रेरणा दिने धारणा राखे ।
‘गीतको शब्द र भाव धेरै राम्रो छ,’ उनले भने, ‘मेरो संघर्षसँग जेडिएको गीत सबैलाई मन पर्छ ।’ गायक बरालले अनेक खालका पिर र समस्याको कारण निरास भएको व्यक्तिलाई भिडियोको सन्देशले उत्साह थप्ने बताए । निर्माता माइते तामाङले जीवनलाई हल्का रुपमा लिएर मानिसले आत्महत्यासमेत गर्न सक्ने उल्लेख गरे । त्यस्तो व्यक्तिलाई गीतले आफ्नो जीवन बुझेर संघर्ष गर्ने प्रेरणा दिएको चर्चा गर्दै उनले तामाङले जति बढी समस्याको सामना गर्छ, त्यतिनै परिपक्क बन्ने बताए ।
वर्निङ ट्वीग प्राइभेट लिमिटेडका अध्यक्ष क्षितिज तिवारीले म्युजिक भिडियोमा पहिलो पटक मल्टिपल एक्सपोजर टेक्निकको प्रयोग गरेको जनाए । संगीतकार सुवास गुरुङले गायक बिक्रम बरालसँग काम गर्दा सुरुमा डर लागे पनि धेरै कुरा सिक्ने अवसर पाएको बताए । गीतका रचनाकार काले भाइले सबैको समन्वय र सहकार्यमा उत्कृष्ट म्युजिक भिडियो बनाएको दावी गरे ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया