एनपीएल अक्सनका लागि १५० खेलाडी छनोट, ८ खेलाडी ‘ए’ श्रेणीमा

काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सनमा सहभागी हुने १५० खेलाडीको सूची सार्वजनिक गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता प्रक्रियामा सहभागी भएका ४५८ जनाबाट प्राविधिक समितिले तयार पारेको मापदण्डका आधारमा १५० खेलाडी छनोट गरिएको जनाएको हो ।
छनोट भएका खेलाडीहरुलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ । सबैभन्दा माथिल्लो ‘ए’ श्रेणीमा आठ खेलाडी परेका छन् । क्यानका अनुसार ‘ए’ श्रेणीमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनम गौतम रहेका छन् ।
यसैगरी, ‘बी’ श्रेणीका लागि ३५ खेलाडी छनोट भएका छन् भने सबैभन्दा धेरै १०७ खेलाडी ‘सी’ श्रेणीमा परेका छन् । छनोट सूचीमा ब्याट्सम्यान, बलर र अलराउन्डर गरी सबै विधाका खेलाडीहरू समावेश छन् ।
संघका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि खेलाडी दर्ता प्रक्रियामा सहभागी भएका कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरू मध्येबाट नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार पारेको मापदण्ड अनुसार कुल १५० खेलाडीहरू मिति २०८० साउन २४ गते काठमाडौंमा हुने अक्सनमा छनोट भएको व्यहोरा अनुरोध गर्दछौँ ।’
‘स्पोर्ट्स फर हेल्थ, स्पोर्ट्स फर नेसन’ भन्ने नाराका साथ आयोजना हुन लागेको लिगको अक्सनका लागि छनोट भएका खेलाडीहरूको पूर्ण सूची पनि सार्वजनिक गरिएको क्यानले जनाएको छ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया