गौरी मल्ललाई मेनकाजी स्मृति सम्मान

पोखरा ।
नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ अभिनेत्री तथा कलाकार गौरी मल्ललाई ‘मेनकाजी गुरुङ स्मृति हिमाली स्रष्टा सम्मान २०८२’ बाट सम्मान गरिएको छ ।
हिमाली सांस्कृतिक परिवारको २८औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनको उद्घाटन समारोहमा कलाकार मल्ललाई १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार सहित दोशल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।
परिवारका पूर्व अध्यक्ष नृत्य निर्देशक मेनकाजी गुरुङको स्मृतिमा परिवारले स्थापना गरेको सो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिने परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए ।
परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले लोकनृत्यको विधामा अब्बल मेनकाजीले लोक संस्कृति, शिक्षा र सामाजिक क्षेत्रका गुरुङको योगदानलाई जीवन्त बनाउन कोष स्थापना गरेको जनाए । उनले कोषबाट हिमाली स्रष्टा सम्मानका अलवा लोक संस्कृति सम्बन्धी प्रतियोगिता गर्ने योजना सुनाए ।
परिवारका मानार्थ सदस्य खेमबहादुर गुरुङ संयोजक र क्षेत्रबहादुर गुरुङ र टीकाबहादुर कार्की सदस्य रहेको प्रतिभा छनोट समितिले कलाकार मल्ललाई सिफारिस गरेको थियो ।
कार्यक्रममा परिवारले उत्कृष्ट कलाकार प्रोत्साहन पुरस्कारबाट संगिता आले र युवराज गुरुङलाई जनही नगद १५ हजार सहित सम्मान गरिएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
परिवारको वरिष्ठ उपाध्यक्ष गजबहादुर गुरुङ, उपाध्यक्ष श्रीजङ गुरुङ, महिला उपाध्यक्ष मनसुवा नेपाली, सचिव डबिन गुरुङ, कोषाध्यक्ष महादेव न्यौपाने, सह–सचिव युवराज गुरुङ र सह–कोषाध्यक्ष सबिन गुरुङ निर्विरोध भएका छन् ।
यस्तै, टोपबहादुर खत्री (तेज केसी), संगीता आले, ईश्वरी राना (गुरुङ), वसन्त थापा, दिलु गुरुङ, नितु गुरुङ (ख), हेमाकुमारी परियार, बिग्नेश थापा, सजिना गुरुङ, नितु गुरुङ (क) र सुजन थापामगर कार्यसमिति सदस्यमा चुनिएका छन् ।
प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङले अधिवेशनको उद्घाटन गरे । अधिवेशनले मानार्थ सदस्य खेमबहादुर गुरुङ संयोजकत्व, मानार्थ सदस्यहरु टीकाबहादुर कार्की र रुद्रकुमारी गुरुङ ( मैना ) मानार्थ सदस्य रहेको निर्वाचन मण्डलले अधिवेशन सम्पन्न गरेको थियो ।
कार्यक्रममा परिवारमा आवद्ध कलाकारहरूले संकलन गरेको नेपाली मौलिक सांस्कृतिक संगालो ’हिमाली सुस्केरा’ नामक पुस्तकको पनि विमोचन गरिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया