पोखरा २७ ले दियो बीमाको मृत्यु दावी भुतानी

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्वर २७ ले गत आर्थीक वर्षमा गरिव, विपन्न तथा न्यून आय भएका वडावासीका नाममा गरेको जीवन बीमा वापतको चार घर परिवारले मृत्युदावी भुत्तानी पाएका छन् ।
वडाले सामाजिक उत्तरदायित्व अन्तरगत गत तीन सय १७ जना न्युन आय भएका परिवारको नाममा वार्षिक एक लाख वुझाएर रिवर्टी माईक्रो लाईफमा जीवन वीमा गराएको थियो । वडावासीको हितमा वडाले गरेको विमाबाट यो वर्ष मात्र चार जनाले सेवा पाएको वडाअध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।
वीमा गरेको एक वर्षमा नै चार जनाले ज्यान गुमाएकाले उनिहरुको आश्रीत परिवारलाई जीवन बीमा कम्पनीबाट ५० वर्ष भन्दा तलको उमेर समुहका दुई घर परिवारलाई एक/एक लाख र ५० वर्ष भन्दा माथीको उमेर समुहका दुई घरपरिवालाई ५०/५० हजार रुपैयाँ बराबरको मृत्युदावी भुत्तानी गराइको हो ।
पोखरा २७ तीन तहरा बस्ने केशबहादुर रेश्मी मगरको श्रीमती टिका रेश्मी मगरलाई जीवन बीमा वापतको ५० हजार रुपैयाँ वडाअध्यक्ष गुरुङ र रिवर्टी माईक्रो लाईफका प्रवन्ध निर्देशक शिवप्रसाद पौडलले संयुक्त चेक हस्तान्त्रण गरेका हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया