प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा आक्रमण

काठमाडौँ ।
प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा प्रकट गरेको छ ।
महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाको केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य भएको जनाइएको छ ।
“यो आक्रमण योजनाबद्ध रूपमा गरिएको हाम्रो निष्कर्ष छ । गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
चौतारीले कलमजीवीलाई दबाउने प्रयास सफल नहुने भन्दै घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ ।
ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसाहरू फुटेका र उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ ।







कोरला १३ नेपाली चीन गए
स्याङ्जाका ४ दर्जन बढी साहित्यिक मन भीरकोटमा जुटे
जेन जेड र जेन वाई सहकार्य : समृद्ध भविष्यको आधारशिला
सम्पादकीय—सहकारीका संकट सुल्झाऊ
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया