परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
संघले किशोर किशोरी तथा युवालाई लक्ष्य गरी विद्यालय र कलेजमा अभियान सञ्चालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडाध्यक्ष दिवसमान प्रधानांगले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानांगले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम सञ्चालन गरिनु प्रशंसनीय भएको बताए । वडा सदस्य गोमा सुवेदीले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् ।
विन्ध्यवासिनी माविका प्रधानध्यापक वसन्त पाण्डेले यो अभियानमा शिक्षा र स्वास्थ्य दुवै विषय जोडिएका निकै उपयोगी भएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजीकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया