पिस पोस्टरमा युनिशा पहिलो

समाधान संवाददाता २०८२ कार्तिक २४ गते १६:५७

पोखरा ।
लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा भएको पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम भएकी छन् । मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा भएको सो प्रतियोगितामा अर्चना रत्न द्वितीय, उपासना रेग्मी तृतीय र मो भुमिकले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयबाट २७ जना विद्यार्थीले भाग लिएका कार्यक्रम संयोजक लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।


क्लबका अध्यक्ष सुरेन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई डिस्ट्रिक्ट चिफ एवम् पिस पोष्टरका प्रमुख लायन शिब बहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि लायन्स क्लबले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । पीआरओ इन चिफ लायन ऋषि गिरीले हरेक वर्ष गर्ने यस्ता प्रतियोगिताले विश्वमा शान्ति कायम गर्न सहयोग गर्ने कुरा जानकारी दिए ।

Advertisement


कार्यक्रममा संयोजक एवं लायन्स क्लबका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निर्णायक अनिता थापा र लायन दुर्गाप्रसाद शर्माले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया