प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

समाधान संवाददाता २०७६ चैत १४ गते १०:०४
KP Sharma Oli. Post/Photo: Anish Regmi

समाधान संवाददाता

मध्यरातमा अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुँदेछन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अहिले उहाँको स्जास्थ्य अवस्थामा सुधार भएको छ ।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थिया ।

Advertisement

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले स्थिति सामान्य बनिसकेको थापाले फेसबुक मार्फत जानकारी दिएका छन ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

Advertisement

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाईको प्रतिक्रिया