पाेखराका संक्रमितसँग सम्पर्कमा आएका अधिकांश सेल्फ क्वारेन्टाइनमा

समाधान संवाददाता २०७७ जेठ २३ गते २१:०२

पाेखरा

पोखराबाट काठमाडौं लगिएका कोरोना संक्रमितसँग सम्पर्कमा आएका धेरैजसो मानिस शुक्रबार साँझबाटै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

गत मंगलबार बिहानदेखि ती बिरामीको सम्पर्कमा आएका अधिकांश आफै सचेत भएर शुक्रबारदेखि आफ्नै घरमा अलग्गै कोठामा बसेका छन् । उनलाई भेट्न अस्पताल पुगेका कतिपयले भने ‘म त गएको थिइनँ’ भनेर ढाँटेका छन् । उनीहरुको समेत विवरण तयारीमा प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिका जुटेको छन्।

Advertisement

संक्रमितको सम्पर्कमा आएकाहरुलाई प्रदेश स्वास्थ्य निर्देशनालयसँगको समन्वयमा पोखरा महानगरपालिकाले सम्पर्क गर्न थालेको छ । पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले ती बिरामीसँग सम्पर्कमा आएकाहरु पत्ता लगाउन फोन गर्न थालिएको बताए ।

बिरामी भएलगत्तै आलुमाइल चोकबाट गण्डकी मेडिकल कलेज लगिएका उनलाई भेट्न उनका साथी र सुभेच्छुकहरु धेरै नै गएको त्यही आधारमा नम्बर संकलन गरी फोन गरिएको र सतर्क अवस्थामा रहन आग्रह गरिएको आचार्यले जानकारी दिए ।

Advertisement

शनिबार बिहानबाट सतर्कताका थप उपाय अपनाउने महानगरले जनाएको छ ।

म‌ंगलबार बिहान आलुमाइला चाेक नजिकै डेरामा बेहाेस अवस्थामा भेटिएका ती बिरामीलाई साेही दिन दिउँसाे काठमाडाैं लगिएकाे थियाे । उनकाे हाेस अहिले भने खुलेकाे छ । उनलाई काेराेना भएकाे पुष्टि शुक्रबार दिउँसाे स्वास्थ्य मन्त्रालयेले गरेकाे थियाे ।

परिवारका सदस्यकाे सहयाेगमा ती बिरामीकाे यात्रा विवरण लिइने स्वास्थ्य अधिकारीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया