किसानको हितमा काम नगरेको भन्दै कृषि मन्त्रालय खारेजीको माग

समाधान सम्वाददाता–काठमाडौं
नेकपाका सांसद हृदयश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा नभई बिचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरेका हुन् । त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।’
विगतदेखि नै किसानको लागि सरकारको लगानी अत्यन्त न्यून रहेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘२०३४ सालदेखि अहिलेसम्म कृषिमा देखिएको लगानी किसानमाथि १८ प्रतिशत र ८२ प्रतिशत अन्य तामझाममा खर्च भएको छ । किसानको नाममा खर्च भएको छ, किसानको लागि खर्च भएको छैन ।’ उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालयले व्यापारीको पक्ष लिएको त्रिपाठीको आरोप छ ।
सरकार र व्यापारी मिलेर निरीह किसानलाई बलीवेदीमा चढाएको उनको भनाइ थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया