गण्डकीका ४ जिल्लामा थपिए २५ संक्रमित, ७ सय ९२ मा संक्रमण

समाधान संवाददाता २०७७ असार १२ गते ६:३७

पाेखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । शुक्रबार बिहान तनहु स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

तनहुँकाे व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाकाे कालीगण्डकीका १ पुरुष र बागलुङकाे बरेङ गाउँपालिकाका १ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।

Advertisement

नवलपुरकाे गैंडाकाेट नगरपालिकाका ७ पुरुष, कावासाेती नगरपालिकाका १२ पुरुष र २ महिलामा काेराेना पुष्टि भएकाे छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरु थपिएका हुन् ।

Advertisement

सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।

गण्डकीमा बिहीबार साँझसम्म ९१ जना बिरामी निकाे भएर घर गएका छन् । प्रदेशमा हालसम्म २ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया