विकास दुवेकाे जिवनीमा आधारित फिल्म बन्ने

समाधान संवाददाता २०७७ असार २६ गते १६:३८

एजेन्सी

आजमात्रै प्रहरी इन्काउन्टरमा मारिएका ग्याङस्टार विकास दुवेमाथि फिल्म बन्ने भएको छ। एक साता अघि भारतको उत्तर प्रदेशको कानुपुरमा ८ प्रहरीलाई मारेर फरार रहेका दुवे हिजो मध्य प्रदेशको उज्वेनमा पक्राउ परेका थिए।

मनोज बाजपेयी अभिनित फिल्म भोशलेको निर्माण समूहले यसअघि नै उनीमाथि फिल्म बनाउने तयारी गरिरहेको थियो। आज बिहान प्रहरीबाट उम्किन खोज्दा दुवे इन्काउन्टरमा परेका हुन्। फिल्मी शैलीमा उनी मरिएका हुन्। उनलाई लिएर हिँडेको प्रहरीको गाडी दुर्घटनामा परेको थियो।

Advertisement

निर्माता सन्दीप कपुरलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले फिल्म बन्ने तयारी भएको पुष्टि गरेको छ। ‘अहिले हामी प्लानिङ फेजमा नै छौं। मनोज बाजपेयीसँग यसबारेमा कुराकानी पनि भइसकेको छ तर कुनै कन्ट्र्याक्ट भने भइसकेको छैन,’ निर्माता कपुरले भनेका छन्, ‘मनोजले फिल्मको स्क्रिप्टमा काम गर्न भनेका छन्। तपाईँहरुलाई थाहै छ हामी स्क्रिप्ट चित्त नबुझी काम थाल्दैनौं।’

उनले मनोज बाजपेयीलाई फिल्मको महत्वपूर्ण भूमिकामा देखिन सक्ने संकेत गरेका छन्।

Advertisement

‘हामी एउटा राम्रो कथा सहितको फिल्म लिएर आउन चाहन्छौं। त्यसका लागि कुनै कसर छोड्ने छैनौं,’ कपुरले भनेका छन्, ‘आज यत्रो घटना पनि भयो। म अझै लेखक र निर्देशकको खोजीमा छु। यी सबै कुरा मिलेपछि हामी प्रोजेक्टको अनाउन्समेन्ट गर्नेछौं।’

आज मारिएका ग्याङ्स्टार दुवेमाथि उत्तर प्रदेशमा मात्र ६२ वटा अपराधिक केसहरु रहेका छन्। तीमध्ये पाँच वटा त हत्याकै केस रहेका छन्। त्यसबाहेक आठवटा हत्याकै केसमा कुनै न कुनै रुपले जोडिएका छन्।

बिहीवार पक्राउ परेका दुवे आज बिहान मारिएका हुन्।

तपाईको प्रतिक्रिया