जनतासँग गरिएका वाचा पूरा हुन्छः मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक, (रासस)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताएका छन् ।
सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मंगलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्ने, ‘हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौं, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ ।’
मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताए । उनले सरकारले ५ वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी गरे । मन्त्री अधिकारीले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय संग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ, संघीय सांसदद्वय गंगाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य रत्न ढकाललगायतले तामाङ राष्ट्रिय संग्रहालयका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका थिए ।
महोत्सवमा गायक विश्व दोङ, सञ्जीव वाइवा, विशाल काल्ताङ, जितु लोप्चन, अविनाश घिसिङलगायतका कलाकारले विभिन्न सांगीतिक प्रस्तुति गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया