विद्यालयस्तरीय क्रिकेटमा प्रतिभा र नेपाल भारत विजयी

समाधान संवाददाता २०७५ फागुन २ गते १०:२३

समाधान संवाददाता

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रतिभा र दोस्रो खेलमा नेपाल भारत मैत्री विद्यालय विजयी भएका छन् । नेप्लिज इनकाउन्टर्स एजुकेसन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाइवरी इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको सिर्जना बोर्डिङले १०७ रन बनाएको थियो । बुधबारको खेलमा नीतेश बस्नेतको १८, अवमास वस्नेतले १५, योजेन गुरुङले १३ र विक्रम ठकुरीको १२ रनको योगदानमा सिर्जनाले १०७ रनको स्कोर बनाउन सफल भए । प्रतिभाका जगदीश घिमिरेले ५ विकेट लिए । प्रतियोगितामा ५ विकेट लिने उनी एक्ला खेलाडिसमेत हुन् ।

१०८ रनको लक्ष्य पछ्याएको प्रतिभाले ११ ओभरमा पूरा गर्‍यो । जगदीश घिमिरेले अविजित ३६ रन हिर्काए । उनले ६ चौका ठोके । रोशन न्यौपानेले अविजित २६ रन बनाएपछि प्रतिभा लक्ष्य सहजै भेट्टाएको हो । सुशील तिवारीले १५ रन जोडे । उनी नीतेश बस्नेतको बलमा एलबी डब्लुको धरापमा परेका थिए । घिमिरे जे ४ म्यान अफ दि म्याच घोषित भएका थिए ।

Advertisement

दोस्रो खेलमा नेपाल भारत मैत्री विद्यालयले जुनियर सिटीजन्स एकेडेमीलाई २२ रनले पराजित गर्‍यो । नेपाल भारत मैत्री विद्यालयका हुजेस यासिनको अर्धसतकीय पारीमा ११५ रनको योगफल तयार पा¥यो । यासिनले ५४ रन बनाउँदै प्रतियोगिताकै पहिलो अर्धशतक पूरा गरे । हसिब यासिनले १७ रन जोडि दिए । केवल ४ विकेटको क्षतिमा ११५ रन बनाउँदै लक्ष्य प्रस्तुत गरेका थिए ।

११६ रनको लक्ष्य पछ्याएको जुनियर सिटीजन्स एकेडेमी भने ९३ रनमै समेटियो । ६ विकेट गुमाएको एकेडेमीले २० ओभर पूरै खेल्यो । उसका लागि प्रेम गुरुङले अविजित ३० रन बनाए । सन्तवन पौडेले २६ रन बनाए पनि जीतको लक्ष्य पूरा गराउन भने असमर्थ रहे । प्रतियोगितामा सिटीजन्स एकेडेमीमाथि २२ रनले जीत दिलाउने क्रममा जे ४ स्पोर्टस म्यान अफ दि म्याच घोषित बनेका नेपाल भारत मैत्री विद्यालयका कप्तान हुजैफ यासिनले सर्वाधिक ३ विकेट लिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया