विन्ध्येश्वरीमा एकल नाच प्रतियोगिता सम्पन्न

समाधान संवाददाता २०७५ फागुन २ गते १०:२६

समाधान संवाददाता

विन्ध्येश्वरी आदर्श वोर्डिङ स्कुलमा युवा रेडक्रस सर्कलले एकल नाच प्रतियोगिता गरेको छ । २ तहमा विभाजन गरी सुरु भएको प्रतियोगितामा ४० जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा प्राथमिक तहबाट प्रशंसा सुनार प्रथम, कृति गुरुङ द्वितीय, एस्थर तामाङ तृतीय र सोनाक्षी सापकोटा तथा रियाना कुँवर सान्त्वना भएका थिए ।

Advertisement

मावि तहमा सुरक्षा सेरापुञ्ज प्रथम, सुमित्रा तामाङ द्वितीय र अनुसा परियारले तृतीय स्थान ओगटेका थिए । युवा रेडक्रस सर्कलका अध्यक्ष निर्भिक वुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृषा श्रेष्ठले विद्यार्थीले रचनात्मक तवरबाट प्रतियोगितामा भाग लिएको जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया