थप १०८१ जनामा कोरोना, ६ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ २४ गते १६:४८

समाधान संवाददाता

देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासँगै संक्रमित संख्या ४९ हजार २ सय १९ पुगेको बताए ।

हाल देशभर १५ हजार २५ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ३७ जना छन् । डा. गौतमका अनुसार आज ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा छन्।

Advertisement

२४ घन्टामा ९ सय १८ जना कोरोना मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुने संख्या ३३ हजार ८ सय ८२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६८.८ प्रतिशत छ।

थप ६ संक्रमितको मृत्यु

Advertisement

नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ।

५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए। कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया