काेहलीकाे कमाल, काेलकाताकाे लज्जाजनक हार

एजेन्सी
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
विराट कोहली कप्तानीको बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो ।
बैंग्लोरले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो ।
शारजहामा भएको खेलमा शुभम गिलले ३४ तथा आन्द्र रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक कोलकाताका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैंग्लोरले क्रिस मोरिस र वासिङ्गटन सुन्दरले समान दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि एबी डी भिल्लियर्सले ३३ बलमा नटआउट ७३ रनको योगदान दिए ।
यस्तै कप्तान विराट कोहलीले २८ बलमा नटआउट ३३, देवदत्त पादिक्कालले २३ बलमा ३२ र आरोन फिन्चले ३७ बलमा ४७ रन बनाए ।
जितपछि सात खेलबाट १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा छ । पहिलो र दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको पनि समान १० अंक नै छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया