पोखरामा १ संक्रमितको मृत्यु, प्रदेशमा मृतक संख्या ४१ पुग्यो

समाधान संवाददाता २०७७ असोज २७ गते २०:२५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को कोभिड उपचार केन्द्रमा उपचाररत लमजुङका ५६ वर्षे पुरुषको मंगलबार मृत्यु भएको हो ।

बेसींशहर नगरपालिका २ का ती पुरुष १८ असोजमा कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । ती पुरुषमा मुटुसम्बन्धी र मधुमेहको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।

गण्डकीमा संक्रमितको संख्या ५१ सय पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये ३४ सय ४९ जना निको भएका छन् । आजमात्रै १ सय २९ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया