सरकारको १ वर्ष सन्तोषजनक भएन: दाहाल

मोहसिन अलि मियाँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको १ वर्ष सन्तोषजनक हुन नसकेको बताएका छन् । मंगलबार गोरखाको वारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटमा जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिसभामा अध्यक्ष दाहालले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका हुन् ।
‘नेकपाको दुई तिहाईको सरकारले जुन किसिमले काम गर्ला भन्ने जनताले सोचेका थिए, त्यो भएन’, उनले थपे ‘देशमा समृद्धि आउला, वृद्धभत्ता बढ्ला, विकास होला भनेर सोचेका जनताले १ वर्षमा त्यो पाउन सकेनन् ।’ सोचे अनुसार सरकारले काम गर्न नसकेको आफूले मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत महसुस गरेको उनले बताए । ‘सरकारको काम सन्तोषजनक भएन भन्ने कुरा मलाईमात्रै होइन, प्रधानमन्त्रीले पनि महसुस गर्नुभएको छ ।’ उनले यो वर्ष छुटेका, गर्न नसकेका कामलाई आगामी बजेटमा राखेर अघि बढाउने प्रतिवद्धता गरे ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति पार्क शिलन्यास गर्न ताकुकोट पुगेका अध्यक्ष दाहालले २०५२ सालमा जनयुद्ध सुरु गर्दा आफू गोरखामै रहेर तालिम गरेको स्मरणसमेत गरे । जनयुद्धको पहिलो तालिम गोरखाकै जौबारीमा भएको सम्झदै उनले हतियारको भन्दा विचार र राजनीतिको लडाई गर्न आफूलाई चुनौतीपूर्ण बनेको बताए । ‘हिजो हतियारको लडाई ग¥यौं, बिभिन्न कष्ट र घेरा तोड्न सफल भएर आज यहाँसम्म आइपुग्यांै’, उनले थपे, ‘तर आज महसुस हुन्छ, हतियारको लडाईभन्दा विचार र राजनीतिक लडाई चुनौतीपूर्ण, झन कठिन खाले लड्नुपरेको छ ।’
आफूले कम्युनिस्ट एकताका लागि २०६४ सालमै प्रयास गरेको खुलासा गर्दै उनले १० वर्षपछि आएर सफल भएको बताए । ‘मैले शान्ति प्रक्रिया सुरु हुँदै गर्दा २०६४ मै बाम एकताका लागि प्रयास सुरु गरेको थिएं,’ उनले भने, ‘तर त्यतिबेला सफल हुन दिइएन, १० वर्षपछि आएर एकता भयो ।’
जनयुद्धमा मारिएका सहिद परिवारलाई परिचयपत्र, रोजगारी र क्षतिपूर्तिको ग्यारेन्टी गर्नुपर्ने बताए । सहिदका परिवारले पाएको १० लाख रुपैयाँ मात्रै प्रयाप्त नहुने उनको तर्क छ । ‘१० लाख रकम प्रयाप्त छैन, अब उनीहरुलाई हामीले परिचयपत्र, रोगजारी र थप क्षतिपूर्तिको व्यवस्था गर्न जरुरी छ’, उनले थपे, ‘हामी यो व्यवस्था गर्न लागिपरेका छांै, काम अन्तिम चरणमा पुगेको छ ।’
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएको ९ महिना बितिसक्दासमेत संगठन विस्तारको कामले तीव्रता नपाएकोप्रति असन्तोष व्यक्त गरे । उनले जनताको भरोसा टुट्न दिन नहुने बताएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका ८ मा झण्डै ५ करोड लगानीमा सहिद दिलबहादुर रम्तेल स्मृति पार्क निर्माण हुने भएको छ । रम्तेलको घरनजिकै करिब ९ रोपनीमा बन्न लागेको पार्कका लागि यस वर्ष गाउँपालिकाले १५ लाख रकम विनियोजन गरेको छ । २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागी रम्तेलको ज्यान गएको थियो ।
मंगलबार नै गाउँपालिकाको भवनसमेत दाहालले शिलान्यास गरेका छन् । वारपाक सुलिकोट ६ को ताकुकोटमा करिब ७ करोड लाग्ने अनुमान गरिएको ३२ कोठे भवन निर्माणका लागि यस बर्ष जिल्ला समन्वय समितिबाट १ करोड र गाउँपालिकाबाट ७० लाख रकम बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया