पाकिस्तानद्वारा २ भारतीय लडाकु विमान खसालियो, एक विमानचालक पक्राउ

समाधान संवाददाता २०७५ फागुन १५ गते १३:४८

एजेन्सी

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। खसालिएका विमान मिग २१ रहेको बताइएको छ ।

पाकिस्तानी च्यानल सामा टिभीले खसलिएको विमानको फुटेज प्रशारण गरेको छ । फुटेजमा एक लडाकु विमान जलिरहेको छ ।

Advertisement

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत(पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्।

उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ।

Advertisement

पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे।

भारतीय सञ्चारमाध्यमहरूले भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्।

तपाईको प्रतिक्रिया