दिवेश पोखरेल अमेरिकन आइडलबाट बाहिरिए
समाधान संवाददाता
२०७८ वैशाख २७ गते १९:१८
समाधान संवाददाता
अमेरिकन आइडलको १९औँ संस्करणमा सहभागी नेपाली मुलका गायक दिवेश पोखरेल (आर्थर गन) उत्कृष्ट सातबाट बाहिरिएका छन् ।
भोटिङका आधारमा उत्कृष्ट प्रतियोगी छानिने यस प्रतियोगितामा दिवेशले राम्रो भोट ल्याउन सकेनन् । तसर्थ, उनी उत्कृष्ट सातबाट बाहिरिन पुगे ।
दिवेश गत वर्ष अमेरिकन आइडलको १८औँ संस्करणमा सहभागी भएका थिए । गतवर्ष उनी उप(विजेता बन्न सफल भएका थिए ।
कोरोना महामारीका कारण यस वर्ष अडिसन प्रभावित बनेपछि अमेरिकी आइडलले गत वर्षका १० प्रतिस्पर्धीलाई फेरि मौका दिएको थियो । दिवेश पनि यस पटक विजेता बन्ने सोचसहित आइडलमा सहभागी भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया