क्यान इन्फोटेक सोमबारबाट

समाधान संवाददाता
पोखरा
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित भायनेट क्यान इन्फोटेक–२०१९ इन एसोसियसन विथ आइएमई पे’ २ दिनपछि सरेको छ । फागुन १८ गते शनिबारबाट सञ्चालनको तयारीमा रहेको इन्फोटेक फागुन २० गतेदेखि गर्ने गरी समय परिमार्जन गरिएको क्यान कास्की अध्यक्ष युवराज पौडेलले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै इन्फोटेकको समय पछाडि धकेलिएको पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इन्फोटेक फागुन २५ गतेसम्म चल्नेछ । फागुन २० देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको अध्यक्ष पौडेलले बताए ।
‘कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्य हामीले राखेका छौं,’ उनले भने । इन्फोटेकको तयारीका क्रममा गण्डकी प्रदेशका ९ जिल्लामा पत्रकार भेटघाट तथा अन्तक्र्रिया भएका छन् । इन्फोटेकको तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेश स्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटप निशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीय स्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले बताए ।
इन्फोटेककै अवसरमा क्यान कास्कीले दृष्टिबिहीनलाई निशुल्क कम्प्युटर तालिम दिएको छ । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सयभन्दा बढी स्टल रहनेछन् । इन्फोटेकबाट बचत रकमलाई विगतका वर्षमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष नवीन पौडेलले जानकारी दिए । इन्फोटेकको तयारीका क्रममा क्यान कास्की अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा गठिन २६ वटा विभिन्न उपसमिरिुले जिम्मेवारी पूरा गरिसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया